प्रधान सेनापति सिग्देल र चीनका राजदूत सोङबिच भेटघाट

प्रधान सेनापति सिग्देल र चीनका राजदूत सोङबिच भेटघाट


काठमाडौँ- नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका महामहिम राजदूत चेन सोङबीच शिष्टाचार भेटघाट भएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डामा उनीहरुबीच आइतबार भेटघाट भएको हो ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देश बिच रही आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ