राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा


पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको प्यास नगरपालिका- ३ मादीपुल नजिक सडक भासिएपछि एकतर्फी रुपमा सञ्चालन गरिएको सडकखण्ड । अविरल वर्षाका कारण शनिबार बिहान उक्त ठाउँमा सडक भासिएपछि सडक मर्मत गरी एकतर्फी रुपमा सञ्चालन गरिएको छ। तस्बिर : कृष्ण न्यौपाने/ रासस

दमौली (तनहुँ)। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरमा खसेको ठूलो ढुङ्गा हटाइएपछि विमलनगर-ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर एकतर्फी सञ्चालनमा आएको उक्त खण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो । ढुङ्गा हटाउनका लागि बिहान केही बेर सवारीसाधन रोकिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जिल्लाका सबै सडक सञ्चालनमा रहेको जानकारी दिए ।