प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय फुयाँल र ढुङ्गानाको इजलासमा

प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय फुयाँल र ढुङ्गानाको इजलासमा


काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहाइको माग गर्दै दाय गरिएको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईँलाई रिहाईको माग गर्दै उनका छोरा निराजन प्रसाईँले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । सोमबार पनि उक्त मुद्दा पेसीमा चढे पनि ‘हेर्न नमिल्ने’ न्यायाधीशको इजलासमा परेको थियो । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको इजलासमा परेको उक्त मुद्दा हेर्न नमिल्ने भएको थियो ।

उक्त रिटमा असोज ८ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।