विपद्‌ अपडेटः मृत्यु हुनेको संख्या २२४ पुग्यो, २४ जना अझै बेपत्ता

विपद्‌ अपडेटः मृत्यु हुनेको संख्या २२४ पुग्यो, २४ जना अझै बेपत्ता


काठमाडौँ – मनसुनजन्य विपद्‌बाट २१ जिल्ला बढी प्रभावित भएको छन्।काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ्ग, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला अति प्रभावित भएका जिल्लाहरु रहेको सरकारले जनाएको हो।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पत्रकार सम्मेलनमा सरकारको तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले हालसम्म २२४ जनाको मृत्यु, २४ जना बेपत्ता, १५८ जना घाइते भएको बताए।

त्यस्तै, ४ हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको बताए।