बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ दसैँपछि

बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ दसैँपछि


काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दामा कात्तिक १ गते सुनुवाइ हुने भएको छ ।

लेनदेनका आधारमा न्यायाधीश सिफारिस गरिएको भन्ने अध्यक्ष घिमिरेको अभिव्यक्ति अवहेलनाजन्य भएको भन्दै सर्वोच्च अदालत प्रशासनका तर्फबाट मुद्दा दायर भएको थियो । उपरजिस्ट्रार गोविन्द प्रसाद घिमिरे प्रतिवेदक रहेर सोमबार मुद्दा दर्ता भएको थियो । मंगलबार पेसीको तयारी भए पनि दुई सातापछि मात्रै सुनुवाइको मिति तोकिएको हो ।

बार अध्यक्ष घिमिरेको अभिव्यक्ति अदालतप्रतिको आस्था तथा विश्वासमा प्रतिकूल हुने तथा गैरसंवैधानिक र स्वतन्त्र न्यायालयको मर्मविपरीत भएको मुद्दामा उल्लेख छ । उनलाई अदालतमा झिकाई बयान गराउन मुद्दामा माग गरिएको छ ।