‘भारी वर्षाको सम्भावना छ, यात्रामा सावधानी अपनाउनुस्’

‘भारी वर्षाको सम्भावना छ, यात्रामा सावधानी अपनाउनुस्’


काठमाडौँ ।  आजदेखि असोज १८ गतेसम्म बागमती र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्राधिकरणले एक सूचना जारी गर्दै बागमती र कोशी प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

भारी वर्षाले जमिन थिल्थिलो भएकाले सानो वर्षा हुँदा पनि ठूलो विपद् निम्तिन सक्ने भन्दै सचेत गराएको छ।

प्राधिकरणले सूचनामा भनेको छ, ‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउने जोखिम यथावत छ ।’

प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गरेको छ । ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न सूचनामार्फत आग्रह गरिएको छ ।