एभरेस्ट महिला भलिबल लिगमा कर्णाली विजयी

एभरेस्ट महिला भलिबल लिगमा कर्णाली विजयी


Volleyball court, net and ball, Sports volleyball arena

काठमाडौँ – नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिगमा कर्णाली एसभिएस विजयी भएको छ । आज भएको खेलमा उसले ललितपुर क्विन्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको उक्त खेलमा कर्णालीले ललितपुर क्विन्सलाईे ३-० सोझो सेटमा पराजित गरेको हो । आजको खेलमा कर्णालीले ललितपुरलाई पहिलो सेटमा २५-२२ अङ्कले पराजित गर्‍यो । दोस्रो सेट पनि २५-२२ अङ्कले नै जित्यो । खेलको अन्तिम निर्णायक सेटमा कर्णालीले ललितपुरलाई २९–२७ अङ्कले हरायो ।

कर्णालीले यसअघि मधेस युनाइटेडलाई ३-१ र गण्डकी थन्डर्सलाई ३-२ सेटले पराजित गरेको थियो । जितसँगै कर्णालीले आठ अङ्क जोडेको छ । तीन खेल खेलेको ललितपुरको ६ अङ्क छ । प्रतियोगितामा ललितपुर पहिलो पटक पराजित भएको हो । ललितपुरले यसअघि काठमाडौँ स्पाइकर्स र मधेसलाई समान ३-१ सेटले हराएको थियो ।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहासमै पहिलो पटक आयोजना भएको उक्त प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागी छन् ।