विपद् व्यवस्थापन गर्न माग गर्दै रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

विपद् व्यवस्थापन गर्न माग गर्दै रास्वपाले गरायो सरकारको ध्यानाकर्षण


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापन गर्न माग गर्दै एकै पटक तीन तहका सरकारको ध्यानाकर्षण गराएको छ ।

रास्वपाले विपद् व्यवस्थापन, उपभोक्ता अधिकार र हवाई भाडा दर लगायतका विषयमा तीन वटै तहका सरकारको ध्यानाकर्षण गराएको हो ।

रास्वपा केन्द्रीय उद्योग तथा वाणिज्य विभागको नेतृत्वमा संघीय सरकारका गृह, भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति र संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।