रेमिट्यान्स भित्र्याउने विश्वकै उच्च स्थानमा नेपाल

रेमिट्यान्स भित्र्याउने विश्वकै उच्च स्थानमा नेपाल


काठमाडाैं – नेपालमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिएसँगै विश्वकै तुलनामा यसले यहाँ घरायसी खर्चलाई दिगो बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको विश्व बैंकले निचोड निकालेको छ। रेमिट्यान्स भित्र्याउने मुलुकमध्ये नेपाल विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको छ।

विश्व बैंकले बुधबार एक प्रतिबेदन सार्वजनिकगर्दै अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनमा भनिएको छ, ‘नेपालको व्यक्तिगत रेमिट्यान्स जीडीपी अनुपात संसारकै उच्च छ। नेपालमा रेमिट्यान्स आप्रवाह कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को एक चौथाइभन्दा बढी छ।’ जबकि यो दक्षिण एसियाको दोस्रो सबैभन्दा धेरै रेमिट्यान्स प्राप्त गर्ने देश पाकिस्तानको तुलनामा झन्डै तीन गुणा बढी हो। जहाँ जीडीपीको अनुपातमा रेमिट्यान्स ७.८ प्रतिशत छ।

नेपालमा रेमिट्यान्स बढेकै कारण विदेशी विनिमयको बलियो आधार बनेको प्रतिवेदनमा उल्लेख छ। अझ पछिल्लो समय आधिकारिक रेमिट्यान्स आप्रवाह ९ वर्षकै उच्च बिन्दुमा पुगेको छ।