दसैँमा मनकामना केबुलकार दुई दिन बन्द हुने

दसैँमा मनकामना केबुलकार दुई दिन बन्द हुने


मनकामना केबुलकार सेवा दसैँमा दुई दिन बन्द हुने भएको छ । दसैँ र त्यसको भोलिपल्ट (२६ र २७ असोज) दुई दिन बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ । मनकामना दर्शन प्रालिका अनुसार २८ असोजदेखि नियमित सञ्चालनमा आउनेछ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४, कुरिनटार चेरेसबाट १० मिनेटमा पुग्ने गरी ०५५ सालमा स्थापना गरिएको मनकामना केबुलकार नेपालको पहिलो केबुलकार हो ।