फिल्म ‘छक्का पञ्जा–५’ को बहुप्रतिक्षित ट्रेलर शनिवार सार्वजनिक (भिडियो )

फिल्म ‘छक्का पञ्जा–५’ को बहुप्रतिक्षित ट्रेलर शनिवार सार्वजनिक (भिडियो )


काठमाडौ । आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको फिल्म ‘छक्का पञ्जा–५’ को बहुप्रतिक्षित ट्रेलर शनिवार साँझ सार्वजनिक भएको छ । बडादशैँको फूलपातिका दिन अर्थात असोजको २४ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको ट्रेलरमा कमेडी, राजनीतिक विषयवस्तु, कर्मचारीतन्त्रदेखि एआई प्रविधिबाट तस्विर परिवर्तन गरिएको प्रसंग समेटिएका छन् । ट्रेलरमा प्रेम र पारिवारिक विषयवस्तुसमेत समावेश छ ।

फिल्म प्रदर्शनमा आउनुभन्दा छ दिनअघि सार्वजनिक करिव चार मिनेट लामो ट्रेलरले फिल्म रोमाञ्चक बनेको अनुमान गर्न सकिन्छ । दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्ममा दीपकराज गिरी, केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, वर्षा सिवाकोटी, राजाराम पौडेल, रमेश वुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेस खनाल, हिउँवाला गौतम, नविन श्रेष्ठ, दमन रुपाखेती, लोकेन्द्र लेखक र निर्मल शर्माको अभिनय छ ।

दीपकराज गिरीको कथा र पटकथा रहेको फिल्ममा दीपकराज गिरी, केदार प्रसाद घिमिरे र दिलिप तामाङको संवाद छ । केदार प्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्ममा केशव न्यौपाने र दीपेन्द्र खनियाँ निर्माताको रुपमा छन् । हरि हुमागाइँको डीओपी रहेको फिल्ममा उत्तम हुमागाँइको छायांकन छ । फिल्ममा विपिन मल्लको सम्पादन छ । गम्भिर विष्ट तथा सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको फिल्ममा शम्भुजित बासकोटा, दीपपक शर्मा र बाबुल गिरिको संगीत छ ।