दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमाया गुरुङको निधन

दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमाया गुरुङको निधन


काठमाडौँ। लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपीमाया गुरुङको निधन भएको छ । उनी केही समयदेखि पाठेघरको क्यान्सरबाट पीडित थिइन् ।

५८ वर्षीय गुरुङको उपचारका लागि चितवन लैजाँदै गर्दा मंगलबार बिहान बाटोमै निधन भएको हो । गुरुङ स्थानीय तह निर्वाचन-२०७४ मा नेपाली काँग्रेसका तर्फबाट दूधपोखरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् ।