भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण ५ जनाको मृत्यु

भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण ५ जनाको मृत्यु


काठमाडाैं -दक्षिणी भारतीय सहर चेन्नईमा भारतीय वायुसेना शोमा गर्मी र भीड व्यवस्थापनमा कमजोरीका कारण पाँचजनाको मृत्यु भएको छ । अन्य धेरैलाई अस्पतालमा भर्ना गरिएको छ ।

आईएएफको ९२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सहरको मरीना बिचमा आयोजित कार्यक्रममा कीर्तिमानी १५ लाख मानिसले भाग लिएका थिए । नयाँ दिल्लीस्थित टेलिभिजन समाचार च्यानल एनडीटीभीले अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस पुगेको दिन आयोजित कार्यक्रमको दर्शकको क्षेत्रमा पिउने पानीको पर्याप्त व्यवस्था नभएको बताएको छ ।

भीडले समुन्द्र तटको वरिपरि ग्रिडलक निम्त्याएको बताइएको छ । दर्शकलाई घटनास्थलमा पुग्न लामो दूरी हिँड्नुपरेको थियो । प्रदर्शनपछि सार्वजनिक सवारीसाधन लिन वा आफ्नो सवारीसाधन उठाउन जामले भरिएको सडकमा मानिसहरूले ३ देखि ४ किलोमिटर हिँड्नुपरेको बताइएको छ ।