डेढ लाखसहित ११ जना जुवाडे पक्राउ

डेढ लाखसहित ११ जना जुवाडे पक्राउ


काठमाडौँ। कैलालीमा डेढ लाख लाख नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् । गोदावरी नगरपालिका-२ को तेघरी र गौरीगंगा नगरपालिका-१ को गोप्काबाट डेढ लाख नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले बुधबार साँझ गौरीगंगा नगरपालिका-१ को न्यू साउँद होटेलको दोस्रो तला र गोदावरी नगरपालिका-२ को तेघरीस्थित सामुदायिक वनमा जुवातास खेलिरहेका विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको बताएको छ ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने ३४ वर्षीय टेकबहादुर बुढा, ४० वर्षीय पदम बहादुर चन्द, ३६ वर्षीय रामबहादुर बुढा, ३५ वर्षीय चक्र भुल, ४१ वर्षीय टंक साउद, ५४ वर्षीय बड्डो भुल, ४२ वर्षीय बल बहादुर भुल रहेका छन् ।

यस्तै, गोदावरी नगरपालिका-२ तेघरी बस्ने ४१ वर्षीय जगुराम चौधरी, २२ वर्षीय आदर्श पाल, ४० वर्षीय मुकेश अर्याल, अर्घाखाँचीको छत्रदेव गाउँपालिका-२ बलकोट बस्ने ४० वर्षीय दिलीप केसीलाई पनि पक्राउ गरिएको छ ।

उनीहरूको साथबाट एक लाख ४८ हजार नगद बरामद गरिएको छ । पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।