दशैंको अष्टमीमा छिन्नमस्ता मन्दिरमा हेलिकप्टरबाट पुष्पवृष्टि हुने

दशैंको अष्टमीमा छिन्नमस्ता मन्दिरमा हेलिकप्टरबाट पुष्पवृष्टि हुने


काठमाडौँ। बडा दशैंको अवसरमा सप्तरीको छिन्नमस्ता देवीको मन्दिरमा हेलिकप्टरबाट पुष्प वर्षा हुने भएको छ । छिन्नमस्ता गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत शुक्रबार पुष्पवृष्टि गर्न लागेको हो ।

धार्मिक आस्था र मातृशक्तिप्रति श्रद्धा व्यक्त गर्दै, छिन्नमस्ताको अद्भुत शक्तिको सम्मान स्वरूप हामीले अष्टमीको दिने पुष्प वर्षा गर्न लागेको गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताए ।

शुक्रबार बिहान १० बजे पहिलो पटक नेपाली सेनाको हेलिकप्टरबाट मन्दिरको चारैतिर पुष्प वर्षा गरिने उनले जानकारी दिए ।