१७ विधामा विद्यार्थीलाई खेल प्रशिक्षण सुरु गर्दै काठमाडौँ महानगर

१७ विधामा विद्यार्थीलाई खेल प्रशिक्षण सुरु गर्दै काठमाडौँ महानगर


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मंसिर १ गतेदेखि १७ वटा विधामा खेल प्रशिक्षण सुरु गर्ने भएको छ ।

‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा चारदेखि १२ सम्मका विद्यार्थीहरू सहभागी गराउने गरी कार्यक्रम सञ्चालन गर्न लागेको सहरी योजना आयोगले जनाएको छ ।

महानगरले क्रिकेट, भलिबल, फुटबल, बक्सिङ्, तेक्वान्दो, खो-खो, एथलेटिक्स, बास्केटबल, टेवुल टेनिस, कराँते, पौडी, कवर्दी, इ-स्पोर्टस्, जुडो, व्याटमिन्टन, चेस र उसु हुन् । यी खेलका लागि १२ हजार १२१ जना विद्यार्थी सहभागी हुन इच्छुक रहेको महानगरले जनाएको छ ।

कार्तिक मसान्तभित्र छनोट प्रक्रिया सम्पन्न गर्ने योजना महानगरको छ । छानिएका विद्यार्थीहरूलाई मंसिरको १ गतेदेखि तालिम दिइनेछ । छनोट र तालिम सामुदायिक विद्यालयका विद्यार्थी मध्येबाट हुने छ ।

प्रतियोगिताका लागि भने संस्थागत विद्यालयका विद्यार्थीलाई पनि अवसर दिइने बताइएको छ । यसअन्तर्गत मंसिर, पुस र माघ गरी तीन महिना तालिम दिएर माघको अन्तिम महिनामा प्रतियोगिता आयोजना गर्ने तयारी रहेका महानगरले जानकारी दिएको छ ।र सञ्चालन गरिने जनाइएको छ ।