काठमाडौँ । नेकपा एमालेले कीर्तिपुर नगरपालिका वडा नम्बर २ मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ ।
बिहीबार बसेको एमाले सचिवालय बैठकले मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माणका लागि शुक्रबार शिलान्यास गर्ने निर्णय गरेको प्रचार विभागले जनाएको छ ।
२०७२ सालको भूकम्पले बल्खुको एमाले पार्टी कार्यालय भत्किएपछि पार्टी कार्यालय धुम्बाराही, माइतीघर हुँदै च्यासलबाट कार्यालय सञ्चालन हुँदै आएको छ ।
‘शुक्रबार १२ बजेर २५ मिनेटमा पार्टी कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ। एमाले नेताहरूका अनुसार ११ रोपनीभन्दा बढी क्षेत्रफलमा पार्टी कार्यालयको भवन निर्माण गर्न लागिएको हो ।
प्रतिक्रिया