काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बुवा मानप्रसाद लिङ्देनको हातबाट विजयादशमीको टीका ग्रहण गरेका छन्।
राप्रपा अध्यक्ष लिङ्देनले बिर्तामोड नगरपालिका ६ मा रहेको बुवाको निवासमा टीका ग्रहण गरेका हुन्।
पार्टीको काम तथा दसैँ मान्न केही दिनदेखि लिङ्देन उनको गृह जिल्ला झापामा रहेका छन्।
प्रतिक्रिया