भिरबाट खसेको ढुंगा बसमा लाग्दा बालिकाको मृत्यु

भिरबाट खसेको ढुंगा बसमा लाग्दा बालिकाको मृत्यु


काठमाडौँ । यात्रुवाहक बसमा माथिबाट खसेको ढुंगा लागेर एक बालिकाको मृत्यु भएको छ । त्रिभुवन राजपथको हेटौडा-भैँसे सडक-खण्डका भुलभुलेमा माथिबाट खसेको ढुंगा लागेर बसका  यात्रु मकवानपुरगढी गापा ८ की १२ वर्षिया रिकु थिङको मृत्यु भएको हो ।

त्रिभुवन राजपथ हुँदै भीमफेदीको ईचुङतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ३३१० नं. को यात्रु बोकेको लोकल बसमा अचानक माथि भिरबाट ढुंगा खसी बसकी यात्रु थिङ घाइते भएकी थिइन् ।

हेटौँडा अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका निम्ति चितवन लगिएको थियो । उपचारकै क्रममा थिङको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय हेटौँडाले जनाएको छ ।