प्रवक्ता राईका अनुसार बाटो मर्मत भएपछि अध्ययन गरिनेछ । “पहिरोको कारण अधिकांश स्थानमा खानेपानीको मुहान पुरिएकाले समस्या भएको छ । वर्षाका कारण फर्पिङ हेन्ड पोष्टदेखि फर्पिङ पम्पहाउससम्म आउने ‘पेनस्टक पाइप’ र ललितपुरको नल्लुबाट चापागाउँ पानी पोखरीसम्म आउने पाइपमा धेरै क्षति पुगेकाले विशेष गरी ललितपुरमा पानीको समस्या छ,” उनले भने, “धेरै ठाउँमा खानेपानीको स्रोत पुरिएको छ, मर्मतका लागि जाने बाटो छैन त्यसैले आयोजना मर्मतका लागि समय लाग्छ ।”
उनका अनुसार ललितपुरको खुमलटार क्षेत्रमा भने सुन्दरी जलको पानी ल्याएर वितरण भइरहेको छ । राईले भने, “आयोजना मर्मतका लागि हामी संघिय सरकारसँग पनि समन्वय गरेर अगाडि बढ्ने छौँ ।”
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानीको व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न आयोजना मर्मत तत्काल सुरु गर्न अनुरोध गरे ।
प्रतिक्रिया