कीर्तिमानी आरोहीलाई स्वागत

कीर्तिमानी आरोहीलाई स्वागत


काठमाडौं- चीनमा अवस्थित ८ हजार २७ मिटर अग्लो सिसापाङमा हिमाल आरोहण गरि कीर्तिमान बनाउन सफल नेपाली पर्वतारोहीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाएका आरोहीहरूलाई सोमबार पञ्चेबाजासहित अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो ।नेपाली महिलातर्फ पहिलोपटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम शेर्पा, ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गर्न सफल निमा रिन्जी शेर्पा, तेजन शेर्पा, पासाङ शेर्पालगायत ९ जना आरोहीलाई नेपाल पर्वतारोहण संघलगायत आफन्त र समर्थकले सम्मानका साथ स्वागत हो ।