काठमाडौं । गाजामा ‘नरसंहार’ मच्चाएको इजरायलले पछिल्लो समय लेबनानमा पनि आक्रमण गरिरहेको छ। लेबनानमा हुथी विद्रोह लक्षित भनेर गरिएको आक्रमणमा सर्वसाधारणको मृत्यु भइरहेको छ।
यसबीच इजरायलले संयुक्त राष्ट्रसंघबाट शान्ति स्थापनार्थ खटिएका शान्ति सेनामाथि नै आक्रमण गरेको छ। राष्ट्रसंघको शान्ति सेनामाथि नै आक्रमण भएपछि सदस्य राष्ट्रहरुले इजरायलको आलोचना गरेका छन्। ४८ घण्टामा दुई पटक लेबनानमा खटिएका शान्ति सेनामाथि इजरायलले आक्रण गरेको छ। बिहीबार पहिलोपटक लेबनानमा रहेको युएन अन्तरिम सैन्य बलको मुख्यालयमा आक्रमण भको थियो। त्यसपछि वाचटावरमा आक्रमण भएको थियो। दुवै घटनामा ४ जना शान्ति सेना घाइते भएका थिए।
शान्ति सेनामाथि भएको आक्रमणको इन्डोनेसिया, क्यानडा, इयु, टर्कीए, आयरल्यान्ड, स्पेन, भारत, फ्रान्स लगायत शान्ति सेनामा सुरक्षाकर्मी पठाउने देशले विरोध गरिसकेको छ। तर, शान्ति सेनामा धेरै सुरक्षाकर्मी पठाउने देशमा पर्ने नेपालले भने अहिलेसम्म यसबारेमा केही बोलेको छैन। ३४ देशसँग संयुक्त विज्ञप्तीमा नेपाल हस्ताक्षरकर्ता भए पनि नेपालले आधिकारिक रुपमा यसको विरोध जनाएको छैन।
पछिल्लो समय इजरायललाई लिएर नेपालको नीतिको आलोचना भइरहेको छ। युद्धग्रस्त मुलुकमा नेपाली पठाउन राज्यले नै सहमति गरेको विषय पनि विवादमा छ। यता, इजरायलले उल्टै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसलाई देश प्रवेशमा रोक लगाएको छ। गुटेरसलाई ‘पर्सना नन ग्रान्टा’ घोषणा गरेर इजरायल प्रवेशमा रोक लगाइएको छ। इरानले गरेको आक्रमणको विरोध नगरेको भन्दै उनीमाथि प्रतिबन्ध लगाइएको इजरायलका विदेश मन्त्री इजरायल काट्जले जनाएका छन्। यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शान्ति स्थापनार्थ लेबनानमा खटिएका शान्ति सेनालाई देश छोड्न चेतावनी दिएका छन्।
प्रतिक्रिया