खोटाङ- खोटाङमा भूकम्पको धक्का महसुस भएको छ ।
गएराति १० बजेर ३२ मिनेटमा जिल्लाको कुविन्डे आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
यसअघि असोज १५ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया