काठमाडौँ महानगद्वारा गौशाला धर्मशाला सञ्चालन गर्न जिल्ला प्रशासनसँग सुरक्षा माग

काठमाडौँ महानगद्वारा गौशाला धर्मशाला सञ्चालन गर्न जिल्ला प्रशासनसँग सुरक्षा माग


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पशुपतिस्थित गौशाला रहेको धर्मशाला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग शान्ति सुरक्षा माग गरेको छ।

मंगलबार महानगरपालिकाले प्रशासन कार्यालय काठमाडौँलाई एक पत्र लेख्दै शान्ति सुरक्षासहित निर्णय कार्यान्वयनमा सहयोगका लागि अनुरोध गरेको हो ।

पत्रमा धर्मशालाको व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले पाएकाले उक्त सहमति बमोजिम धर्मशाला सञ्चालन तथा व्यवस्थापन गर्न शान्ति सुरक्षा सहित आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ ।

पत्रमा भनिएको छ, ‘ काठमाडौं महानगरपालिका नगर कार्यपालिकाबाट मिति २० २०८१/०६/०२ मा निर्णय भई पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाबीच पशुपति गौशाला धर्मशाला सञ्‍चालन/व्यवस्थापन गर्न मिति २०८१/०२र२२ मा लिखित सहमति भएको हुँदा उक्त सहमति पत्र सञ्चालन/व्यवस्थापन गर्न शान्ति सुरक्षासहित आवश्यक सहयोगका लागि देहायका लागि कागजातको छायाप्रति संलग्न गरी अनुरोध छ।’

जुन पत्र मंगलबार नै महानगरपालिकाले मारवाडी सेवा समितिले विरोध गरिरहेको गौशाला धर्मशालामा टाँसेको छ ।

कोषले मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई गौशालाको जिम्मेवारी दिएसँगै समितिले विरोध गरिरहेको छ भने महानगरले कुनै पनि हालतमा सहमतिअनुसार काम अघि बढाउने भन्दै होरिङ बोर्डसमेत टाँगिसकेको छ ।