‘प्रचण्ड’ले बोलाए प्रतिपक्षी दलहरूको बैठक

‘प्रचण्ड’ले बोलाए प्रतिपक्षी दलहरूको बैठक


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार बिहान ९ बजे बस्नेगरी बैठक बोलाइएको ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

आजको बैठकमा समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको बताइएको छ ।