जनसरोकारका विभिन्न विषयमा सरकारलाई ज्ञापन पत्र बुझाउने विपक्षी दलहरुबीच सहमति

जनसरोकारका विभिन्न विषयमा सरकारलाई ज्ञापन पत्र बुझाउने विपक्षी दलहरुबीच सहमति


काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको विपक्षी दलहरूको बैठक सकिएको छ । बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापन पत्र बुझाउने सहमति गरेको माओवादी नेता शक्ति बस्नेतले बताए ।

बाढी पहिरोको पूर्व तयारी, खोज, उद्धार, उपचार र पुनः स्थापनाको बारेमा सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष बैठकले निकालेको छ ।

सरकारले पार्टीगत र निहित स्वार्थलाई प्राथमिकता राखेको महसुस भएको बस्नेतको भनाइ छ ।