उच्च अदालत पाटनद्वारा गौशाला धर्मशाला विवादमा अल्पकालीन अन्तरिम आदेश जारी

उच्च अदालत पाटनद्वारा गौशाला धर्मशाला विवादमा अल्पकालीन अन्तरिम आदेश जारी


काठमाडौं । उच्च अदालत पाटनले गौशाला धर्मशाला विवादमा अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतका न्यायाधीश डालकुमार खड्काको इजलासले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिसँग वि।सं।२०६० मा गौशाला धर्मशाला सञ्चालन गर्न गरेको सम्झौता खारेज गरेर काठमाडौं महानगरसँग सम्झौता गरेको थियो ।

यो सम्झौतापछि काठमाडौं महानगरले गौशाला धर्मशाला खाली गराउने प्रयास गरेको थियो । तर, मारवाडी सेवा समितिले उच्च अदालत पाटनमा कोषको निर्णयविरुद्ध रिट दिएको थियो । यसका साथै अदालतले दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ ।