विराटनगर निवास पुगेका कार्यक्रर्ता डा कोइरालाले भने – कन्फ्युज नहुनु म सभापति उठ्छु

विराटनगर निवास पुगेका कार्यक्रर्ता डा कोइरालाले भने – कन्फ्युज नहुनु म सभापति उठ्छु


नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पन्ध्रौं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कन्फ्युजनमा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् ।

“अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो। त्यसको लागि तपाईंहरु आ-आफ्नो कार्यक्षेत्रमा खटिनोस्।”- कोइरालाले भने ।

कोइरालाले जतिसुकै कोशिस गरेपनि पार्टी संगठन सुदृढीकरण र कार्यकर्ताहरुलाई न्याय गर्ने कुरामा आफुले भनेजति काम गर्न नसकेको समेत बताए ।

बिराटनगर स्थित कोइराला निवासमा मधेस प्रदेशका नेताहरुसँग भेटघाट गर्ने क्रममा कोइरालाले नेतृत्वमा नपुगी केहि गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा आफू पुगेको बताए ।

कोइरालाले २०८२ मंसिर भित्रै पन्ध्रौं महाअधिवेशन हुनुपर्ने बताए। समयमै महाधिवेशन हुन नसके सिंगो कांग्रेस पार्टी नै धरासयी बन्ने भन्दै सोही समयमै महाधिवेशन गर्ने कुरामा लाग्न उनले जिल्ला-जिल्लाका नेताहरूलाई निर्देशन दिए ।