काठमाडौं– मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक जारी छ ।
बैठकमा बैठकमा दल विभाजनसम्बन्धी अध्यादेशबारे प्रस्ताव जाने सम्भावना रहेको छ।
तत्कालका लागि नेपाली कांग्रेस यस अध्यादेशमा सहमत छ या छैन भन्ने विषयको टुङ्गो लागेको छैन। यस्तो प्रस्ताव गृहमन्त्रालयबाट जानुपर्ने भएकाले कांग्रेस सभापति शेरबहादुर देउवानिकट रमेश लेखकले के गर्छन् भन्नेमा भर पर्नेछ।
उच्च स्रोतले क्यानडानेपाललाई भन्यो,‘देउवाको सहमति भएको खण्डमा दल विभाजनसम्बन्धी अध्यादेश जारी हुनेगरी मन्त्रिपरिषदले निर्णय गर्न सक्छ। तर, कांग्रेस अझै स्पष्ट खुलिनसकेका कारण यो सम्भावित मात्र छ।’
यस्तो अध्यादेश आउन सक्ने भएपछि प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्रसहित रास्वपा अनि सत्ता पक्षीय साना दल नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी पनि बैठकमा जुटेका थिए।
उक्त बैठकमा यस विषयमा चर्चा भएको थियो।
प्रतिक्रिया