रविलाई आइतबार अदालतमा उपस्थित गराइने

रविलाई आइतबार अदालतमा उपस्थित गराइने


काठमाडौँ, २ कात्तिक : पक्राउ पर्नुअघि पार्टी कार्यालयमा भेला भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बनस्थलीस्थित पार्टी कार्यालयबाट शुक्रबार प्रहरी टोलीले रास्वपाका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछाने पक्राउ पर्नुअघि पार्टी कार्यालयमा भेला भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै । तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराउने तयारी गरिएको छ ।

शुक्रबार पक्राउ परेका लामिछानेलाई अहिले कास्की प्रहरीले पोखरा लगिरहेको छ । आज राति पोखरा पुर्‍याएर आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

सभापति लामिछानेलाई शुक्रबार पक्राउ गर्दा हवाई मार्ग मार्फत कास्की लग्ने प्रहरीले तयारी गरेको थियो। तर सभापति रवि र रास्वपाका केही नेताहरूले हवाई मार्ग नभएर सडकमार्ग मार्फत नै जाने भनेपछि प्रहरी सहमत भएको हो ।

रास्वपाका प्रवक्ता मनिष झाले खबर रहबसँग भने, ‘सुरुमा प्रहरीले हवाई मार्ग मार्फत कास्की जाउँ भनेको हो । तर हामीले सडक मार्ग मार्फतै जाने भनेपछि उहाँले मन्त्री र प्रधानमन्त्रीलाई फोन गरेर कन्भिन्स हुनुभयो। सभापति आफूले पनि म सडकमार्ग मार्फतै कास्की जान्छु भन्नु भएको थियो। सभापति प्रहरीकै गाडीमा कास्की जानुहुन्छ भनेपछि प्रहरीले नमान्ने कुरै भएन ।’

शुक्रबार रासपा पार्टी कार्यालय चमतिमा १० जना सिआइबीको टोली लामिछानेलाई पक्राउ गर्न कार्यालय छिरेको थियो। त्यसपछि प्रक्रिया पुर्‍याएर सभापति लामिछानेलाई पक्राउ गरी कास्की लगिँदैछ ।