भोलि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने विपक्षी दलको तयारी

भोलि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने विपक्षी दलको तयारी


काठमाडौँ- विपक्षी दलले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने भएका छन् । शुक्रबार गठित कार्यदलले तयार गरेको ज्ञापन पत्र प्रधानमन्त्री ओलीलाई बुझाउन लागिएको हो ।

माओवादी केन्द्रका शक्ति बस्नेत, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल रहेको कार्यदलले ज्ञापन पत्र तयार गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेसँग भेटघाट गरेर ध्यानाकर्षण गराउने एमालेका उपाध्यक्ष एवं कार्यदल सदस्य पाण्डेले जानकारी गराए। कार्यदलका सदस्यहरूका अनुसार विपक्ष दलले मुख्य गरी बाढी पहिलोको कुरालाई ज्ञापन पत्रमा समावेश गरेका छन् ।पीडितका लागि सरकारले तत्काल र दीर्घकालमा गर्नुपर्ने कार्यहरू ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

रास्वपा सभापति रवि लामिछाने पक्राउ बारे विपक्षको धारणाबारे ज्ञापन पत्रमा उल्लेख नगरिएको कार्यदलका सदस्यहरूले जानकारी गराएका छन् ।