नेपाल प्रहरीका दुई डीआईजी एआईजी बढुवा सिफारिस

नेपाल प्रहरीका दुई डीआईजी एआईजी बढुवा सिफारिस


काठमाडौँ । नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस हुनेहरूमा डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु रहेका छन् । बढुवा समितिको आइतबार बसेको बैठकले उनीहरूको नाम सिफारिस गरेको हो।

बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पादमा कार्यरत छन् । प्राविधिक समूहका ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत छन् ।