जुही चावला भारतकी सबैभन्दा धनी अभिनेत्री, कति छ सम्पती ?

जुही चावला भारतकी सबैभन्दा धनी अभिनेत्री, कति छ सम्पती ?


काठमाडौं । नब्बेको दशककी चर्चित अभिनेत्री जुही चावला भारतकी सबैभन्दा धनी अभिनेत्री बनेकी छन् । समकालीन र अहिलेका चर्चित अभिनेत्रीहरूलाई उछिन्दै जुही धनाढ्य अभिनेत्रीको शीर्षस्थान ओगट्न सफल भएकी हुन् ।

 

सन् २०२४को रिच लिस्टको सूचीमा जुही पहिलो स्थानमा छिन् । उनको कूल सम्पत्ति ५८० मिलियन डलर अर्थात ४ हजार ६ सय करोड भारतीय रुपैयाँ रहेको छ । सन् २०२४ को हुरुन रिच लिस्ट अनुसार उनको सम्पत्ति उनका साथी तथा व्यापार साझेदार शाहरुख खानपछि दोस्रो स्थानमा छ ।

जुहीपछिका पाँच धनी भारतीय अभिनेत्रीको कुल सम्पत्ति एकसाथ जोड्ने हो भने यो जुहीको सम्पत्तिभन्दा कम छ । दोस्रो स्थानमा भने ८५० करोड भारुसहित ऐश्वर्या राय बच्चन छिन् ।

त्यस्तै, तेस्रो स्थानमा रहेकी प्रियंका चोपडासँग ६५० करोड सम्पत्ति छ भने चौथो र पाँचौंमा अहिलेका चर्चित अभिनेत्रीहरू आलिया भट्ट र दीपिका पादुकोण छन् ।

फिल्मसहित विज्ञापन र व्यवसाय यी अभिनेत्रीका मुख्य आम्दानीका स्रोत हुन् । जुही भने पछिल्लो समय व्यवसायमा आबद्ध छन् । उनको सम्पत्तिको ठूलो हिस्सा व्यापारबाट आउने गर्छ । उनको मुख्य आम्दानी रेड चिलिज समूहको प्रमुख लगानीकर्तामध्ये एक हो ।

कम्पनीको संस्थापकमध्ये जुही एक सहनिर्माता र धेरै क्रिकेट टोली ९आईपीएल०को कोलकाता नाइट राइडर्ससहित०को सहमालिक हुन् उनी ।

करोडपति व्यापारी पति जय मेहता लगायतसँग संयुक्तरुपमा व्यवसायमा पनि उनको लगानी छ । जुहीसँग धेरै घर जग्गाको स्वामित्व रहेको छ ।