खैरो हिरोइनसहित ६ जना पक्राउ

खैरो हिरोइनसहित ६ जना पक्राउ


काठमाडौँ- धनगढीमा लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-७, १० र १२ बाट लागु औषधसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१२ को मनेहरा शिविर बस्ने २४ वर्षीय नवीन चौधरी, २२ वर्षीय सन्दीप चौधरी, २४ वर्षीय बाधुराम चौधरी र २२ वर्षीय लोकेन्द्र गिरी रहेका छन् ।

उनीहरूको साथबाट २ सय ९० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ । यस्तै धनगढी उपमहानगरपालिका-२ भन्सार कार्यालय नजिकैबाट गोदावरी नगरपालिका-१० दमौरा बस्ने २१ वर्षीय निराजन ताम्राकारलाई पक्राउ गरिएको छ । ताम्राकारको साथबाट ३ सय ६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

धनगढी उपमहानगरपालिका-७ सद्भावना टोलबाट २७ वर्षीय वसन्त चौधरीलाई पनि लागु औषधसहित पक्राउ गरिएको छ । उनको साथबाट ३ ग्राम १८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

लागु औषधसहित पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।