अध्यादेश ल्याउन प्रधानमन्त्री ओलीले देउवासँग तारनतार ताकेता गर्दै आएका छन् । यसै विषयमा छलफल गर्न ओलीले आइतबार देउवालाई बालुवाटार बोलाएका थिए । तर अध्यादेश ल्याउने विषयमा देउवा मौन रहेको बुझिएको छ ।
सुरुमा ओली र देउवाबिच छलफल भएको थियो । पछि एमालेबाट महासचिव शंकर पोखरेल, विष्णु पौडेल, काँग्रेसबाट देउवासहित गृहमन्त्री रमेश लेखक, महामन्त्री गगन थापा लगायत नेताहरू बालुवाटार पुगेका थिए । अध्यादेश ल्याउने विषयमा काँग्रेसभित्र मतभेद रहेको छ ।
पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, महासचिव घनश्याम भुसाल लगायत नेताहरूले ओलीलाई अध्यादेश रोक्न आग्रह गर्दै आएका छन् ।
प्रतिक्रिया