गण्डकी प्रदेशका वन मन्त्री बन्दै लमजुङका भेषबहादुर

गण्डकी प्रदेशका वन मन्त्री बन्दै लमजुङका भेषबहादुर


पोखरा । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्री लमजुङका भेषबहादुर पौडेल बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस प्रदेश सभा सदस्य पौडेललाई सोमबारबाट वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् । उनको आजै सपथ हुने जनाइएको छ । यस अघि मन्त्रीपरिषद् हेरफेरमा असन्तुष्ट बन्दै स्वतन्त्र सांसद दीपक मनाङेले वनमार हेर्ने मन्त्रालय भन्दै वन मन्त्रालय अस्विकार गरेका थिए । त्यसपछि यो मन्त्रालय मन्त्रीविहिन भएको थियो ।