नवीन न्यौपाने पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षक नियुक्त

नवीन न्यौपाने पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षक नियुक्त


काठमाडौँ। नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले न्यौपानेलाई सोमबार एन्फा कम्प्लेक्समा नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्। त्यस्तै, चेतन घिमिरेलाई सहायक प्रशिक्षकमा र नवीन महर्जनलाई अन्तरिम गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।
उनीहरूलाई पनि सोमबार महासचिव राईले नियुक्ति पत्र प्रदान गरे ।

न्यौपाने नेतृत्वको कोचिङ टोलीले आगामी नोभेम्बरमा ताजिकिस्तानसँग हुने मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय टोलीलाई प्रशिक्षण दिनेछ । नेपाली टोली मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तान जाने तयारीमा छ ।