डेढ लाखसहित ११ जना जुवाडे पक्राउ

डेढ लाखसहित ११ जना जुवाडे पक्राउ


काठमाडौँ । कैलालीमा डेढ लाख नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरिएको छ ।

सोमबार बिहान धनगढी उपमहानगरपालिका-५ को हसनपुरका प्रकाश भाटको घरको माथिल्लो तलामा जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-३ बस्ने २४ वर्षीय रोहित सिजापती सहितका ११ रहेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गर्दै एक लाख ५३ हजार ३५० रुपैयाँ र १० गड्डी तास बरामद गरेको छ । सबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।