अर्थमन्त्री पौडेल अमेरिका जाँदै

अर्थमन्त्री पौडेल अमेरिका जाँदै


काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज अमेरिका जाँदैछन् ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङ्टन डिसीतर्फ जाने भएका हुन् ।

डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्नेछन् । अर्थमन्त्री पौडेल कार्तिक दोस्रो साता स्वदेश फर्किने कार्यक्रम छ ।