पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगियो

पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगियो


काठमाडौँ । सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई सोमबार रुपन्देही पठाइएको हो ।

एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो । ३१ भदौमा बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएसँगै ६ असोजमा जोशी काठमाडौँको शंखमुलबाट पक्राउ गरेका थिए ।

त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन् । उनी गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक मध्येका एक हुन् । विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर दुरुपयोग गरेको आरोप उनीमाथि लागेको छ ।