‘प्रचण्ड’-माधवसहित विपक्षी दलले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

‘प्रचण्ड’-माधवसहित विपक्षी दलले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विपक्षी दलहरूले ज्ञापन पत्र बुझाएका छन् ।

सोमबार साँझ बालुवाटार पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपाका उपाध्यक्ष डीपी अर्याल, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र प्रभु शाहलगायतले ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरूले बाढी पहिरोबाट प्रभावितहरूको व्यवस्थापनमा ध्यान दिन र संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।