सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?


काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेर एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी प्रतितोला दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार दुई हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।