धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योतिविरुद्ध रेडनोटिस जारी गर्न इन्टरपोललाई पत्राचार

धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योतिविरुद्ध रेडनोटिस जारी गर्न इन्टरपोललाई पत्राचार


काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड नोटिस जारी गर्न नेपाल प्रहरीले इन्टरपोललाई पत्राचार गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को आग्रहमा नेसनल कन्ट्रोल ब्युरो (एनसिबी) ले इन्टरपोललाई रेड नोटिस जारीका लागि पत्राचार गरेको प्रहरी उच्च सिआबी का प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिए।

ललितपुरको मितेरी सहकारीको बचत अपचलनमा सीआईबीले अनुसन्धान गरिरहेको छ । गुरुङ उक्त सहकारीको तत्कालीन प्रबन्ध निर्देशक थिइन् ।

मितेरी सहकारीले बचतकर्ताको १२ करोड ५९ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ । सोही सहकारीकी ज्योतिबहादुर भण्डारीविरुद्ध पनि रेड नोटिस माग गरिएको छ । बर्दियाका भण्डारीसँग मिलेमतो गरेर गुरुङले सहकारीको रकम हिनामिना गरेको पाइएको छ ।