बीमा गर्न बाध्य बनाउने गरी कानुनी प्रबन्ध गर्न सरकारसँग आग्रह

बीमा गर्न बाध्य बनाउने गरी कानुनी प्रबन्ध गर्न सरकारसँग आग्रह


काठमाडौँ- नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्न बाध्य बनाउने गरी कानुनी प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको बताएका छन् ।

नेपाल बीमा प्राधिकरणले मंगलबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा उनले आफू ७ प्रदेशका विभिन्न क्षेत्रहरूमा पुग्दा नागरिकमा बीमाबारे जानकारी नै नपुगेको पाएको बताए । नीतिबाट बीमाका लागि बाध्य बनाउन सके त्यसको फाइदा विमति स्वयंले पाउने अध्यक्ष सिलवालले बताए ।‘म सातै प्रदेशको क्षेत्रमा पुगेको छु । बीमा भन्ने कुरा सुनेको छ, बीमा उसले गरेको छैन । यसका दुई कारण छन् । मसँग ९पैसा० छ तर म गर्दिन, किनभने मलाई वाइयात लाग्छ एउटा कारण । अर्को, मलाई गर्नु चाहिँ छ तर मसँग पैसा छैन । त्यसकारण हामीले अहिले सरकारसँग लबिङ गरिरहेको कुरा भनेकै बीमा गर्न बाध्य बनाउनुपर्‍यो’,उनले भने ।

समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीआइआइ २०२४) मंगलबार काठमाडौंमा सुरु भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रो इन्स्योरेन्स एशोसिएशनले म्युनिख रे फाउण्डेसन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलनको २० औँ संस्करण आयोजना गरेका हुन् ।

९ कात्तिकसम्म हुने सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवार तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिस्कृत गर्ने लगायतका विषयमा विस्तृत छलफल हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।