एमआरपीभन्दा बढी मूल्यमा पानी र खानेकुरा बिक्री गर्न नपाइने

एमआरपीभन्दा बढी मूल्यमा पानी र खानेकुरा बिक्री गर्न नपाइने


चलचित्र हलभित्र अब सिलबन्दी गरिएका खाद्य तथा पेय पदार्थ अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा धेरैमा बेच्न नपाइने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ती जारी गर्दै एमआरपीभन्दा बढी मूल्यमा बिक्री वितरण गरे कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।

विभागले यही कार्तिक ५ गते नेपाल चलचित्र संघका पदाधिकारीसँग बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने र उपभोक्ताको हक अधिकार  संरक्षण गर्ने विषयमा छलफल गरेको थियो।

‘…छलफल र आन्तरक्रियापश्चात चलचित्र हलको परिसरभित्र प्रशोधित पिउने पानीको बिक्री वितरण एमआरपी अर्थात अधिकतम खुद्रा बिक्री मूल्यमा उपलब्ध गराउने सहमति भएबमोजिम अब उप्रान्त कुनै पनि चलचित्र हलको परिसरभित्र कुनै पनि व्यवसायीले सिलबन्दी गरिएका खाद्य तथा पेय पदार्थको प्याकेट वा बोतल उपलब्ध गराउँदा एमआरपीमा तोकिएकै मूल्यमा बिक्री गर्नुहुन अनुरोध गरिन्छ,’ विज्ञप्तीमा भनिएको छ।