भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा


काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधबार सम्पन्न खेलमा भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समुह बिजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा ३–१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा दुवै देशबाट कुनै गोल हुन सकेन र बंगलादेशले खेल जित्यो ।

बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गरेकी थिइन् भने अफइदा खानडाकरले एक गोल गरेकी थिइन् । त्यस्तै भारतका लागि एक गोल बाला देवीले गरेकी थिइन् ।

यो जितपछि बंगलादेशको २ खेलमा ४ अंक भएको छ र समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै भारतको २ खेलमा ३ अंक रहेको छ र समुह ए मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । योसँगै समुह ए मा रहेको पाकिस्तान भने समुह चरणबाटै बाहिरिएको छ ।

त्यस्तै समुह बि बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो भने विहिबार लाग्ने छ ।