काठमाडौँ – सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घूससहित पक्राउ परेका छन् ।
सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई सेवाग्राहीसँग ८० हजार रुपैयाँ घूस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । आयोगको कार्यालय, हेटौँडाका कार्यालय प्रमुख उमाकान्त आचार्यले दिएको जानकारी अनुसार बिल भुक्तानीको रकम दिएबापत सेवाग्राहीसँग घूस लिँदै गर्दा साहलाई पक्राउ गरिएको हो ।
उनलाई कलैया उपमहानगरपालिका-४ मा लेनदेनकै क्रममा पक्राउ गरिएको जनाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको आचार्यले बताए ।
प्रतिक्रिया