काठमाडौँ- महिला साफ च्यामपियनसिफ अन्तर्गत भुटानले मादिभ्सलाई पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा भूटानले मालदिभ्सलाई १३-० ले पराजित गरेको हो ।
भुटानका लागि डेकी ल्हाजोमले ५, पेमा छोदेन र छरिङ याङ्ग्देनले २ र डेमा, डेकी याङदोन, छिरिङ ल्हादेन र सोनाम छोदेनले १ गोल गरेका हुन् ।
समग्रमा प्रतियोगिता अवधि भर माल्दिभ्सले २५ गोल खाएको छ । मालदिभ्स नेपालसँग ११(० र श्रिलंकासँग १(० ले पराजित भएको थियो । यसका साथै, माल्दिभ्सले प्रतियोगिता भर एक गोल पनि गर्न सकेन । आज भूटानसँग पराजित भएसँगै माल्दिभ्सको महिला साफ २०२४ को यात्रा समाप्त भएको छ ।
भूटान भने ७ अंक बटुल्दै सेफिफाइनल पुगेको छ । नेपालले पनि सेमिफाइनल प्रवेश गरेता पनि अहिले साझ नेपाल र श्रिलंका बिच हुने खेलले सेमिफाइनलमा को को बिच प्रतिश्पर्धा हुने टुंगो लाग्ने छ । ग्रुप ए बाट भारत र बंगलादेशले सेमिफाइनलको यात्रा तय गरिसकेका छन्
प्रतिक्रिया