बीमा प्राधिकरणबाट एक करोड हस्तान्तरण

बीमा प्राधिकरणबाट एक करोड हस्तान्तरण


काठमाडौं – प्रधानमन्त्री  केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज रु एक करोड हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गरेका छन् ।