काठमाडौं– विवाहित महिलाहरुको लागि आयोजित मिसेस नेपाल वल्र्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छिन ।
शनिबार राती प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्राण्ड फिनालेमा बहुचर्चित विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिताको विजेता घोषणा गरेका छन् ।
विजेता कार्कीलाई माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री वसन्धुरा भुषालले पुरस्कार प्रदान गरे । कार्कीले अमेरिकामा हुने मिसेस वर्ल्ड प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गरेकी छिन ।
सो प्रतियोगितामा एलिना घिमिरे फस्ट रनरअप, किरण कार्की सेकेन्ड रनरअप र अनु कार्की थर्ड रनरअप घोषित भएकी छिन । पब्लिक चोइस विजेता माया लामाले हात पारेकी छिन भने भ्यूवर च्वाइस विनर नानु सिंहले जितिन ।
रिबन इन्टरटेनमेन्टद्धारा आयोजना गरिएको प्रतियोगितामा चर्चित कोरियोग्राफर अश्वनी झाले कोरियोग्राफी गरेका थिए ।
रिबन इन्टरटेनमेन्टका सिइओ निशुकान्त झाले प्रतियोगिता भव्यता पूवक सम्पन्न भएको बताउँदै अगामी संस्करण अझ यो भन्दा भव्य हुने प्रतिबद्धता व्यक्त गरे ।
यो प्रतियोगिताको मुख्य निर्णायकमा अनुराधा कोईराला, टेलिभिजनकर्मी भाष्कारराज राजकर्णिकार, अभिनेता धिरेन शाक्य, हास्य अभिनेता केदार घिमिरे, अभिनेत्री उषा रजक, श्री केश तेलका अध्यक्ष टिकाराम बुढाथोकीलगायत थिए ।
प्रतिक्रिया